कुवेतमा मासिक दुई हजार नेपालीले रोजगार गुमाउँदै, नेपाल फर्कन चाहने ६ हजार पुगे

देखापढी

काठमाडौँ

सुरेन्द्र पौडेल

कोरोना महामारीका कारण खाडी राष्ट्र कुवेतमा रोजगार गुमाउने नेपालीको संख्या बढ्दै गएको छ। रोजगार गुमाउने बढेसँगै कुवेतबाट नेपाल फर्कन चाहने नेपालीको संख्या पनि थपिँदै गएको छ। “कोरोनाका कारण व्यापार तथा व्यवसाय सीमित रूपमा सञ्चालन हुँदा अहिले मासिक दुई हजार जति नेपालीले यहाँ रोजगार गुमाइरहेका छन्,” गैरआवासिय नेपाली संघ (एनआरएनए)कुवेतका अध्यक्ष सुजन केसीले देखापढीलाई कुवेतबाट टेलिफोनमार्फत भने। 

कुवेतमा ७० हजार नेपाली कामदार रहेको अनुमान छ। यीमध्ये ९ हजार कोरोना महामारी शुरू भएयताको ७ महीनामा नेपाल फर्किसकेका छन्। यसरी फर्किनेमा ठूलो संख्या अवैध रूपमा लामो समयदेखि कुवेतमा रहँदै आएका नेपालीहरू छन्। तर, अहिले भने वैध रूपमा रहेका नेपालीहरूले कुवेतमा धमाधम रोजगार गुमाइरहेका छन्। 

“कुवेतमा अहिले समस्या छ। विपत्तिमा परेका धेरै नेपाल फर्कन चाहिरहेका छन्,” केसीले भने। कुवेतमा अहिले लकडाउन खुला गरिएको भए पनि व्यापार तथा व्यवसाय पूर्ण रूपमा खुल्न सकेका छैन। कोरोना महामारीले गर्दा व्यापार तथा व्यवसाय सीमित रूपमा सञ्चालन गरिएको छ। 

प्रकाशित मिति: : 2020-08-22 13:48:10

प्रतिकृया दिनुहोस्