पीएसजीसँग हार व्यहाेरेकाे आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरियाे

आर्सनल महिला च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ। 

 शनिबार राति भएको अन्तिम ८ अन्तर्गतको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आर्सनललाई २–१ ले पराजित गरेको हो।

पीएसजीका लागि मारिया–एन्तोइनेते कोतोतो र सिग्नी ब्रूनले गोल गरिन्। आर्सनलका लागि बेथ मिएडले एक गोल फर्काएकी हुन्। 

पीएसजीका लागि मारियाते खेलको १५ औँ मिनेटमा नै गोल गरेकी थिइन्। तर ३९ औँ मिनेटमा आर्सनल खेलमा फर्कियो। उसका लागि मिएडरले गोल गरिन्। 

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोमाञ्चक भयो। आर्सनलले पाएको मौकाको सदुपयोग गर्न नसक्दा पीएसजीलाई खेल सुम्पियो।

पीयसको लागि निर्णायक गोल ब्रूनले गरिन्। उनले ७७ औँ मिनेटका गोल गरेकी हुन्।

फाइनल प्रवेशका लागि पीएसजीले अन्तिम चारमा अर्को फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति: : 2020-08-23 06:47:47

प्रतिकृया दिनुहोस्