के न्यूज मिडिया संकटमा छ ?

देखापढी

काठमाडौँ

अमृता नायक दत्ता

मोदी सरकार विश्वका विभिन्न २९ खालका सूचकांकमा भारतको सुधार चाहन्छ। र, यसको सन्देश सबैमा स्पष्ट र बुझिने गरी पुगोस् भन्ने पनि चाहन्छ। प्रचार गर्न चाहन्छ।

सरकारी अधिकारीहरूका अनुसार, मोदी प्रशासन आफ्नो नियोजित धारणाको अभ्यासअन्तर्गत रहेर नै प्रचार अभियान थाल्न चाहन्छ। यस्तो कार्यक्रमको उद्देश्य केवल भारतभित्र प्रदर्शन गर्नुमात्र नभएर केही वैश्विक सूचकांकको रूपरेखामा रहेका समस्यालाई इंगित गर्नु पनि रहेको छ।

यस्तो खालको मिडिया हमलामा विभिन्न मन्त्रालय र राज्यले बनाएका मल्टिमिडया तथा माइक्रोसाइट्स (वेबसाइटभित्रका साइटहरू) लाई सामेल गरिने छन्। यसको उद्देश्य घरेलु र संसारभरका दर्शकमा भारतले बनाएको धारणालाई आकार दिनु र विश्व सूचकांकमा रहेका समस्या, मापदण्ड तथा डाटा स्रोतको प्रचार गर्नु रहेको छ।

प्रकाशित मिति: : 2020-08-23 13:45:36

प्रतिकृया दिनुहोस्