सधैं रगत अभाव, व्यवस्थापनमा ध्यान खै ? (भिडिओसहित)

देखापढी

काठमाडौँ

रोजिना थापा

अहिले कोरोनाभाइर संक्रमणको कारण देशका धेरैजसो क्षेत्रमा निषेधाज्ञा छ। यही समयमा रगत चरम अभाव भएको भन्दै नेपाल रेडक्रस समाजले रक्तदानका लागि आह्वान गरेको छ। कोरोनाका कारण अहिले नियमित खालको अप्रेसनहरू रोकिएका छन्। जसले गर्दा रगतको माग पहिलेको भन्दा कम छ। तैपनि रगतको अभाव भएको छ। 

किन त? 

“राज्य र नेपाल रेडक्रस समाज जो रगत उपलब्ध गराउने जिम्मेवार निकाय हुन् उनीहरूबाट जुन प्रकारको दायित्वबोधसहित सेवाको भावना हुनुपर्ने हो त्यो देखिएन,” नेपाल स्वयसेवी रक्तदाता सामाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले देखापढीसँग भने। रगत समयमै उपलब्ध नभए रगतकै कारण बिरामीको ज्यान समेत जान सक्छ।

रगतको अभाव पहिलो पटक देखिएको भने होइन। यसअघि पनि रगतको अभाव पटक पटक देखिएको थियो। सम्बन्धित निकाय गम्भीर नहुँदा एउटै समस्या बारम्बार दोहोरिने गरेको कर्माचार्यको टिप्पणी छ। बिरामीहरू टाढाटाढाबाट उपचारको लागि काठमाडौं आउने गर्छन्। गरीब जनता जग्गा जमिन बन्धकी राखेर उपचार गर्न आएका हुन्छन्। यसरी आउने बिरामीलाई रगत कहाँ पाइन्छ भन्ने पनि थाहा हुँदैन। यस्ता बिरामीलाई ‘रगत छैन, आफै व्यवस्था गर्नोस्’ भन्दा के गति होला ? 

प्रकाशित मिति: : 2020-08-24 08:34:39

प्रतिकृया दिनुहोस्