कसरी हुँदैछ त नेपालमा कोरोना भ्याक्सिनको ‘क्लिनिकल ट्रायल’ ?

काठमाडौं। नेपालमा पनि कोरोना (कोभिड-१९) भ्याक्सिनको क्लिनिकल ट्रायल हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई ट्रायलको अनुमति दिएको छ। अनुमति पाएसँगै परिषद्ले आवश्यक गृहकार्य अगाडि बढाएको हो। 

परिषद् सदस्य सचिव डा. प्रदिप ज्ञवालीले  यस विषयमा अहिले गहन अध्ययन भइरहेको बताए। नेपालमा खोपको तेस्रो चरणको ट्रायलका लागि आग्रह गरेका कम्पनी र निर्माण भएका खोपबारे विस्तृत अध्ययन भइरहेको छ। अध्ययन अन्तिम चरणमा पुगेको भन्दै चाँडै तेस्रो चरणको ट्रालयमा जाने सदस्य सचिव डा. ज्ञवालीको भनाइ छ। 

नेपालमा अक्सफोर्ड युनिभर्सिटी तथा एस्ट्राजेनेका कम्पनी, चीनको हङसी कम्पनी, रुसको गेमेलिया लगायतका कम्पनीले नेपालमा  तेस्रो चरणको ट्रायल गर्न इच्छा देखाएको उनले बताए। 

ती खोपहरूबारे परिषद्ले विस्तृत अध्ययन गरिरहेकाले अहिले नै यहि कम्पनीको खोप ट्रायल गरिन्छ भन्न नसकिने बताए। “अक्सफोर्ड यूनिभर्सिटीले तयार पारेको भ्याक्सिनका विषयमा एक जना धेरै वर्ष नेपालमै बसेका व्यक्तिले काम गरेका छन्। विश्व स्वास्थ्य संगठनको सहयोगमा उहाँले रूचि जाहेर गर्नुभयो। त्यसबारे पनि अध्ययन भइरहेको छ,” डा. ज्ञवालीले भने। 

प्रकाशित मिति: : 2020-08-24 21:50:09

प्रतिकृया दिनुहोस्