स्वास्थ्यकर्मीलाई कोरोनाभन्दा समाजको डर, भन्छन्- हामीसँग होइन कोरोनासँग लडौं

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

 भदौ ६ गते बिहानै बानेश्वरस्थित लर्ड बुद्ध होस्टेल बाहिर एक हुल भीड जम्मा भयो। करीब ४० जनाको संख्यामा आएका उनीहरूले होस्टेल बाहिर भीडभाड गर्दै अनौठो माग राखे, “सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई त्यहाँबाट निकाल्नुपर्‍यो ।”

स्वास्थ्यकर्मीलाई होस्टेलमा राख्दा टोलमा कोरोना संक्रमणको जोखिम बढेको त्यो भीडको आरोप थियो। बलभद्र टोल सुधार समितिका अध्यक्ष सुदर्शन गौतमको अगुवाइमा आएको भीडले स्वास्थ्यकर्मीलाई हतोत्साही गर्ने काम गरेको थियो। घटना बाहिर आएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारीले छानबिनका लागि प्रहरीलाई निर्देशन दिए।

छानबिनको क्रममा दोषी ठहरिए कानून अनुसार कारबाही हुने बताएका थिए। तर, कारबाही गर्नुको साटो मिलापत्र गरियो। विभिन्न राजनीतिक दल, प्रहरी, अस्पतालका प्रतिनिधिको रोहवरमा सहमति गरियो। काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी, निजामती अस्पतालको तर्फबाट प्रशासकीय अधिकृत रन्जना नेपाल, होस्टेल सञ्चालक रोहित रानामगर र टोल सुधार समितिका अध्यक्ष गौतमलले हस्ताक्षर गरेर महामारीको अवस्थामा स्वास्थ्यकर्मी र अस्पताललाई सहयोग गर्ने, स्वास्थ्यकर्मीको आवासलाई सुरक्षित र तनावरहित बनाउन कटिबद्ध हुने प्रतिबद्धता जनाए। 

प्रकाशित मिति: : 2020-08-25 07:24:05

प्रतिकृया दिनुहोस्