एसियन गेम्सका पदकधारी भारतीय खेलाडी आमा र श्रीमतीको हत्या आरोपमा अमेरिकामा पक्राउ

सन् १९८३ को एसियन गेम्समा भारतलाई कास्य पदक दिलाएका सटपुट खेलाडी इकबाल सिंह आफ्नो श्रीमती र आमाको हत्या गरेको आरोपमा अमेरिकामा पक्राउ परेका छन्। 

६२ वर्षीय इकबालले गत आइतबार पेनसेल्भेनियाको न्युटन टाउनशीपस्थित आफ्नो घरमा श्रीमती र आमालाई चक्कुले घाँटी रेटेर हत्या गरेको अमेरिकी मिडियामा रिपोर्ट सार्वजनिक भएको छ। 

हत्या गरेपछि उनले आफ्नो छोरालाई फोन गरेर यसको जानकारी दिएका थिए। ‘मैले तिम्रो आमा र हजुरआमाको हत्या गरे। पुलिसलाई फोन गरेर मलाई लैजान भनँ,’ उनको छोराले फोनबाट बाबुले भनेको कुरा सार्वजनिक गरेका छन्। 

उनले आफ्नो छोरीलाई पनि यही कुरा भनेका थिए। यसपछि छोरा र छोरी दुबैले पुलिसलाई जानकारी दिएका थिए। घटनास्थलमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

इकबालले श्रीमती र आमाको हत्या गरेपछि आफ्नो शरीरमा पनि थुप्रै पल्ट चक्कुले हिर्काएका थिए। तर, प्रहरी छिटो पुगेका कारण निधन भएन। उनी रगतले लतपत थिए।

घरमा श्रीमती जसपाल कौर र आमा नसीबको मृत शरीर बरामद भएको छ। श्रीमतीको शरीर घरको पहिलो तल्ला र आमाको सिढीमा भेटिएको थियो। 

छिमेकीले उनी प्रायः टाउनशीपमा हिँडिरहेको र ध्यान गरिरहेको अवस्थामा भेटिने गरेको बताएका छन्।

प्रकाशित मिति: : 2020-08-26 17:45:23

प्रतिकृया दिनुहोस्