कोरोना उपचारमा प्लाज्मा थेरापी प्रभावकारी देखियो, घरघरै पुगेर प्लाज्मा संकलन गर्ने तयारी

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

कोरोना (कोभिड-१९) का विरामीलाई प्लाज्मा थेपारी विधिबाट उपचार प्रभावकारी देखिएको छ। नेपालका विभिन्न अस्पतालहरूमा यतिबेला कतिपय कोरोना संक्रमितको यहि विधिमार्फत उपचार भइरहेको छ। सरकारले १२ अस्पताललाई यहि विधिबाट उपचार गर्नका लागि तोकेको छ। कोभिड-१९ का गम्भीर प्रकारका विरामीलाई यो उपचार पद्धति प्रभावकारी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले बताए। 

अहिले सम्मको उपचार हेर्दा यो विधि प्रभावकारी देखिएको उनको भनाइ छ। “केही एक/दुई घटनाबाहेक अरूमा सफल उपचार भइरहेको छ। यसबाट विरामी चाँडै नै रिकभर भएको देखिन्छ। तर, प्लाज्मा दान गर्नेको संख्या न्यून छ,” डा. ज्ञवालीले भने। कोरोना संक्रमणपछि निको भएका ३० जनाले मात्र हालसम्म प्लाज्मा दान गरेका छन्। जबकी संक्रमण भएर निको भएका सबै जनाले प्लाज्मा दिन सक्छन्। 

प्रकाशित मिति: : 2020-08-26 20:34:49

प्रतिकृया दिनुहोस्