३३ अर्ब खर्च गर्ने गरी बनाइएको पशुपति क्षेत्रको यस्ता छन् आधुनिक पूर्वाधार योजना

देखापढी

काठमाडौँ

उद्धव थापा

आगामी १५ वर्ष भित्रमा कार्यन्वयन सक्ने गरी ५० वर्षसम्मको तथ्यांक प्रक्षेपण गरेर १०० वर्षपछिसम्मको सोचसहित पशुपति क्षत्रे विकास कोषले तयार पारेको बुहद गुरूयोजना अहिले परिमार्जनको क्रममा छ।

गत आर्थिक वर्षमा नै गुरूयोजना तयार गरी चालू आर्थिक वर्षबाट कार्यान्वयन शुरू गर्ने कोषको योजना भए पनि गुरूयोजनामा समेटिएका कतिपय कार्यक्रममा पशुपति क्षेत्र वरपरका स्थानीयले विरोध गरेपछि अहिले परिमार्जनको क्रममा छ।

विशेषगरी, काठमाडौं महानगरपालिका- ८ का स्थानीयले गुरूयोजनाको चर्को विरोध गरेका थिए। वडा नम्बर ८ मा देउपाटन र नवाली टोल पर्छ। देउपाटन त्यस्तो ठाउँ हो जहाँ पशुपतिका भण्डारीहरूलाई बसोबासका लागि पशुपतिको जग्गा उपलब्ध गराइएको थियो। कतिपय भण्डारीहरूले उक्त जग्गा र त्यहाँ बनाइएका घरहरू अहिले अरूलाई बेचिसकेका छन्। 

नवाली टोलमा पशुपतिमा पूजा आराधना र जात्रा पर्व चलाउने नौ जातीहरूको बसोबास गराइएको थियो। तर, उनीहरूले पनि बाहिरका अन्य व्यक्तिहरूलाई जग्गा तथा त्यहाँ बनेको घर बिक्री गरिसकेका छन्।

पशुपति क्षेत्र विकास कोषले ती लगायत अन्य बस्तीलाई पनि व्यवस्थित र कतिपयलाई हटाउनेसम्मका योजनासहित गुरूयोजना प्रस्ताव गरेको थियो। उक्त गुरूयोजनाका विरूद्ध स्थानीयले आन्दोलन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई एक महीनाको समय दिएर गुरूयोजनाको विषयमा थप अध्ययन गरेर आवश्यक परे परिमार्जन गर्न निर्देशन दिएका थिए। 

प्रकाशित मिति: : 2020-08-28 08:21:07

प्रतिकृया दिनुहोस्