कुन मास्क सुरक्षित छ ? जाँच्ने विधिबारे थाहा पाइराखौं (भिडिओसहित)

देखापढी

काठमाडौँ

“अनिवार्यरूपमा मास्क लगाउनुस्। सकेसम्म घरबाहिर ननिस्कनुस्। नियमितरूपमा साबुन पानीले हात धोइरहनुस्। स्यानिटाइजरको प्रयोग गर्नुस,” कोरोना भाइरसको महामारीले पूरा विश्वलाई आक्रान्त बनाइरहेका बेला सुरक्षित रहन सबैतिर जारी गरिएका स्वास्थ्य निर्देशिकाले भन्ने साझा कुरा हुन् यी।

कोरोना भाइरस पुगेका विश्वका सबै स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ। नेपालमा पनि मास्क नलगाई घरबाहिर ननिस्कन सरकारले आह्वान गरेको छ।

मास्क नलगाईकन सार्वजनिकस्थलमा निस्कनेलाई कारबाहीको दायरामा ल्याइने गरिएकाे छ।

स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनहरूले मास्क अनिवार्य गरे पनि कस्तो मास्क लगाउनुपर्ने भन्नेमा थप प्रष्टता अपनाएका छैनन्।

देखापढीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यसँग कोरोना कहरको बेला यसबाट बाच्न कस्तो मास्क लगाउनु पर्छ ? भन्ने प्रश्न गरेको थियो।

डा. वैद्यका सुझाव उनकै शब्दमा ः

सामान्यतया आजकाल सर्जिकल मास्क बढी प्रयोगमा आइरहेको देखिन्छ। कतिपयले एन-९५ वा केएन-९५ मास्क पनि प्रयोग गर्ने गर्छन्।

तर, आफूले प्रयोग गर्दै आएको मास्क कति सुरक्षित छ ? भन्ने जानकारी लिनु उचित हुन्छ। बजारमा सजिलै पाइने सर्जिकल/एन-९५/केएन-९५ तथा कपडाको मास्क भरपर्दो र विश्वासिलो छ कि छैन ? यसले भाइरसलाई रोक्छ वा रोक्दैन ? अथवा कुन मास्कले भाइरसको संक्रमणबाट जोगाउन सक्छ ? भन्ने बुझ्नु जरुरी छ।सामान्यतया तीन लेयरको मास्क लगाउँदा कोरोना भाइरस संक्रमणको सम्भावना कम हुन्छ। यसका साथै आफूले लगाएको मास्क कति सुरक्षित छ? भन्ने हामी आफैँ पनि जाँच्न सक्छौं।

प्रकाशित मिति: : 2020-08-28 18:23:45

प्रतिकृया दिनुहोस्