इन्द्रजात्रा, जयप्रकाश मल्ल र पृथ्वीनारायण शाह

देखापढी

काठमाडौँ

सरगत

आज येँया पर्वको मुख्य दिन। येँ अर्थात् नेपाल भाषामा काठमाडौं। काठमाडौं सहरको नाम बोकेको यो पर्व कति महत्त्वको छ, यसैले प्रस्ट पार्छ।

आठ दिन मनाइने यो पर्वलाई समानान्तर रूपमा इन्द्रजात्रा पनि भनिन्छ। केही संस्कृतिविद इन्द्रजात्राले पूरा येँया पर्वलाई प्रतिनिधित्व नगर्ने दाबी गर्छन्। जे होस्, यो काठमाडौंको मौलिक सबैभन्दा ठूलो पर्व भएकोमा दुई मत छैन। कोरोना भाइरस संक्रमणको महामारीले गर्दा यो पर्व पनि यसको चपेटामा आएको छ।

काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाशले इन्द्रजात्रा पर्व सुरु गरेका थिए। त्यसयता पहिलो पल्ट यो पर्व रोकिएको छ।

महामारीबीच यसपल्टको इन्द्रजात्रा सम्भव पनि भएन। तर, ऐतिहासिक पर्वबारे चर्चा गर्नबाट हामी किन रोकिनु पर्छ र ? इन्द्रजात्राले फेरि नेपाली इतिहासको एक निर्णायक कालखण्डलाई पनि सम्झाउने गर्छ।

आज ठ्याक्कै त्यही दिन हो, जतिबेला पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरेका थिए। पूरा काठमाडौं इन्द्रजात्रा मनाउन मस्त थियो।

प्रकाशित मिति: : 2020-09-01 08:29:01

प्रतिकृया दिनुहोस्