जब इन्द्र पारिजात फूल टिप्न काठमाडौं झरे

देखापढी

काठमाडौँ

सरगत

काठमाडौंसँग जोडिएका किंवदन्तीहरू हजार छन्, अनि यी किंवदन्ती उत्तिकै आश्चर्य तुल्याउने खालका पनि छन्।

काठमाडौं कति धेरै पवित्र सहर हो भने धेरै-धेरै अगाडि यहाँ देउताहरू स्वर्गबाट झर्थे र आममानिससँग कुराकानी गर्थे।

उनीहरूसँग हेलमेल गर्थे, उठबस चलाउँथे। कम्तीका छन् र यी किंवदन्तीहरू ? एकपल्ट इन्द्र पनि स्वर्गबाट काठमाडौं झरे र यहीं नराम्रोसँग फसे पनि। उनको यो यात्रा इन्द्रजात्रासँग खुबै रोमाञ्चक पाराले जोडिन्छ।

इन्द्रकी आमा हुन्, बसुन्धरा। उनी एकपल्ट ब्रत बसेकी थिइन्, भाद्र सप्तमीको अवसर पारेर।

त्यस व्रतका लागि पारिजातको फूल चाहिन्थ्यो। पारिजातलाई नेपाल भाषामा पाल्जा स्वाँ भनिन्छ।

यो फूल स्वर्गमा पाइन्न थियो, त्यसैले आफ्नो छोरालाई त्यो फूल लिएर आउन भनिन्। इन्द्र त्यसका लागि काठमाडौं झरे।

प्रकाशित मिति: : 2020-09-02 07:27:31

प्रतिकृया दिनुहोस्