स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड डिएगो कोस्टा र डिफेन्डर सान्टियागो एरियासलाई कोरोना भाइरसको संक्रमण भएको छ।
क्लबले प्रिसिजन अभ्यासअघि गरेको टेस्टमा उनीहरूलाई कोरोना देखिएको बिहीबार पुष्टि गरेको हो।
क्लबले दुवै खेलाडीलाई सिजनपछिको छुट्टीका क्रममा कोरोना संक्रमण भएको जनाएको छ। अब दुवै जना क्वारेन्टाइनमा रहनेछन्।
एट्लेटिकोले शुक्रबारदेखि अभ्यास सुरू गर्दै छ। अब अभ्यासमा कोस्टा र एरियाससँगै राष्ट्रिय टिममा रहेका अरू खेलाडीले भाग लिनेछैनन्।
ला लिगाको खेलहरू सेप्टेम्बर तेस्रो सातादेखि सुरु हुँदैछ।
यद्यपी एट्लेटिकोले लिगको पहिलो खेल सेप्टेम्बर २७ मा घरेलु मैदानमा ग्रानडासँग खेल्नेछ।