‘डिजिटल डिभाइस’ को बढ्दो प्रयोग : आँखाको रोग मात्र होइन, ‘ड्रग्स’ जत्तिकै घातक (भिडिओसहित)

देखापढी

काठमाडौँ

अनिता भेट्‌वाल

कोरोना भाइरसको महामारीका कारण चैतयता स्कूल बन्द भपछि झापाका रिजन सिवाकोटीको औपचारिक अध्ययन अनलाइन कक्षाको भरमा चलिरहेको थियो। १० भदौ सम्म मोबाइलबाट नियमित अनलाइन कक्षा लिएका १४ वर्षे रिजनको औपचारिक सिकाईमा आजकाल आँखाको समस्या बाधक बनिरहेको छ। 

महिनौंसम्म मोबाइलमा घोरिँदा कक्षा ९ का विद्यार्थी रिजनको आँखामा मायोपिया (टाढा नदेख्ने) समस्या भइसकेछ। त्यही कारण १० भदौयता उनले अनलाइन कक्षामा सहभागिता जनाउन पाएका छैनन्। झापाको भद्रपुर निवासी रिजनलाई मेची आँखा अस्पतालका चिकित्सकहरुको सल्लाहअनुसार आजकाल परिवारले मोबाइल, कम्प्युटर, ट्याबलेट लगायतका विद्युतीय सामाग्री प्रयोगमा बन्देज लगाएको छ। 

कोरोना भाइरसको महामारीका कारण सिर्जित असामान्य परिस्थितिको सिकार हुने झापाका रिजन एक उदाहरणमात्र हुन्। अहिले रिजनजस्तै देशभरका लाखौं बालबालिका प्राकृतिक जीवनशैलीबाट प्रविधिको दुनियामा खुम्चिएका छन्।

प्रकाशित मिति: : 2020-09-10 08:28:01

प्रतिकृया दिनुहोस्