फौजदारी अभियोगपछि कारबाहीमा परेका सांसद

देखापढी

काठमाडौं

जङ्‌ग तामाङ

एक युवतीसँग म्यासेन्जरमा च्याट गर्दा अश्लील शब्द लेखेको भन्दै प्रदेश १ की सांसद होमकुमारी साँवालाई उनको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यसै महिना तीन महीनाका लागि निलम्बन गर्‍यो।

उनलाई गृह जिल्ला ताप्लेजुङको पार्टी कमिटीले यही भदौ २ गते निलम्बन गरेको हो। सांसद साँवाले युवतीसँग च्याटमा अश्लील शब्द प्रयोग गरेको कुराकानीको स्क्रिन सट सामाजिक सञ्जालबाट बाहिरिएको थियो।

त्यसपछि गठित पार्टी इञ्चार्ज भाष्कर काफ्ले नेतृत्त्वको तीन सदस्य कार्यदलले तयार गरेको छानबिन प्रतिवेदनको आधारमा उनलाई दोषी ठहर्‍याउँदै निलम्बन गरेको हो।

उनी पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यसमेत हुन्। यो प्रकरणमा ताप्लेजुङकै अर्का प्रदेश सांसद बलबहादुर साम्सोहाङ पनि मुछिएका थिए। तर, आत्मलोचनापछि उनले उन्मुक्ति पाएका छन्।

साँवामात्र होइन। आमनिर्वाचन भएको साढे दुई वर्ष नबित्दै सांसददेखि संघीय संसदका सभामुख र मन्त्रीसम्मका गरी आठ जना जनप्रतिनिधिहरू फौजदारी अभियोग लागेपछि निलम्बनमा परिसकेका छन्। 

सांसदहरूलाई अभियोग लागेपछि प्रदेश संसद र संघीय संसदले निलम्बन गरेका हुन्। मन्त्रीलाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बर्खास्त गरेको हो। सभामुखले भने आफैं पदबाट राजीनामा दिएका हुन्। 

प्रकाशित मिति: : 2020-09-11 09:32:35

प्रतिकृया दिनुहोस्