मानवता हराएका मानव !

देखापढी

काठमाडौं

काठमाडौंको कीर्तिपुर नगरपालिका–७ का ६६ वर्षीय प्रेमकृष्ण महर्जनको बसाइ प्रहरी हिरासतमा छ।

महर्जनको घरमा भाडामा बसेका ४८ वर्षीय शम्भु चौधरीको हत्यापछि उनी हिरातसमा पुगेका हुन्। शम्भुको हत्या हुनुको कारण पानी रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक रुकेश तन्डुकारले बताए।

“घरभेटी प्रेमकृष्ण चाहिँ बढी नै किचकिचे रहेछ र पानी थाप्ने विषयमा पहिलेदेखि नै किचकिच गर्ने उनको बानी रहेछ,” डीएसपी तन्डुकारले देखापढीसँग भने, “र, शम्भुलाई पानी थाप्न दिएनछन्, त्यसबेला विवाद हुँदा आग्लोले प्रहार गरेछन्।” आग्लो प्रहारबाट गम्भीर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो। आफ्नै घरमा बस्नेको हत्या गरेका उनीविरुद्ध प्रहरी वृत्त कीर्तिपुरमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

प्रकाशित मिति: : 2020-09-13 20:47:38

प्रतिकृया दिनुहोस्