१० खेलाडीमा सिमित पीएसजीकाे साँधुराे जित

फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नयाँ सिजनकाे तेस्रो खेलमा जित दर्ता गरेको छ।

लेन्स र मार्सेइलीसँग समान १–१ गार्लले पराजित भएकाे पीएसजीले बुधबार राति भएको खेलमा मेट्जमाथि पनि १–० गाेल अन्तरकाे कठिन जित हात पारकाे हाे।  

घरेलु मैदानमा भएको खेलकाे ९३ औँ मिनेटमा जुलियन ड्रेक्सलरले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बन्यो।

त्यसअघि दोहोरो पहेँलो कार्ड पाएर आब्दू डियालो ६५ औँ मिनेटमा मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-09-17 07:01:04

प्रतिकृया दिनुहोस्