सागमा ऐतिहासिक सफलता दिलाउने खेलाडी र प्रशिक्षकलाई पदकसहित सम्मान गरः कर्मचारी संघ

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ऐतिहासिक सफलता दिलाउने खेलाडी र प्रशिक्षकलाई पदकसहित सम्मान गर्न सरकारलाई आग्रह गरेको छ। 

शनिवार संविधान दिवसका दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एतिहासिक सफलता दिलाउने २ सय ७ (५१ स्वर्ण, ६० रजत र ९६ कास्य) पदक विजेता खेलाडी र प्रशिक्षकलाई मानपदवी, अंलकार र पदकले सम्मान गरिने भनितापनि २ व्यक्तिले मात्र साे सम्मान प्राप्त गरेका थिए। 

सोमबार एक विज्ञप्ति जारी गर्दै संघलले राज्यको तर्फबाट दिइने मानपदवी, अंलकार र पदकबाट बिभुषण हुने घोषणा हुँदा खेलकुद क्षेत्रबाट महत्वपुर्ण योगदान पुर्‍याउने खेलाडीमाथि विभेद हुनु दुखदायी भएकाे जनाएको छ। 

‘राज्यले दिने पदक सम्मानमा समेत भेदभाव गरि कसैले पाउने कसैले नपाउने विभेदसहित पक्षपातपुर्ण व्यवहार ज्यादै दुःख लाग्दो बिषय हो,’विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गलत कार्यले सम्रग खेलाडीमाथि अपमान भएको छ, र उनीहरुको भावनामाथि ठेस पुगेको छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकबाट विभूषित घोषणा गर्दा तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका सागका १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका विभागिय प्रमुख कुलबहादुर थापामात्र खेल क्षेत्रबाट विभूषित भएका छन्।

प्रकाशित मिति: : 2020-09-21 16:37:39

प्रतिकृया दिनुहोस्