नर्सको मण्डला कोर्ने शौख: चेल्सीले विश्वमा चिनायो

देखापढी

काठमाडौं

उमेश दाहाल

घडीको सुई झैँ एक नासले चलिरहेको मानव जगतलाई अदृश्य (कोरोना) भाइरसले टक्क एक ठाउँमा उभ्याइदियो। कतिका जागिर गुमे, धेरैको दिनचर्या अस्तव्यस्त भयो। करोडौं मानिसहरु गाँसबासविहीन बने।

सप्रेको सुध्रेको कतै केही छैन। सबै नासिएको र बिग्रिएको मात्रै। भनिन्छ, ‘ध्वंस नभई निर्माण हुँदैन।’ र, यस्तै भयो अस्मिता भुसालको मण्डला आर्ट पनि। चलिरहेको दिनचर्या बिग्रियो। पढाई पनि अस्तव्यस्त। तर, उनमा लुकेर रहेको इच्छा/कलाले प्रस्फुटन हुने मौका भने यही कोरोना कालमा पायो।

कोरोना भाइरसको महामारी रोक्न सरकारले चैत्रबाट लकडाउन र पछि आएर निषेधाज्ञा जारी गर्‍यो।

कहिल्यै खाली नहुने सडक सुनसान भए। तर, रात परिन्जेल मान्छे पर्खेर बस्ने घरका कोठाले धनी पाइराखे। सारा नेपाली जसैगरी घरैमा थुनिइन्, अस्मिता पनि।

“खासै केही थिएन, दिन कटाउनै गाह्रो। एक दिन यसै इन्टाग्राम स्क्रोल गर्दै थिएँ,” उनले सुनाउन सुरु गरिन्, “त्यतिकैमा मण्डला चित्र बनाउन सिकाउने कोर्समा मेरो नजर पर्‍यो।”

अस्मिताले सुनाउँदै गर्दा सहजै अनुमान गर्न सकिन्थ्यो की त्यो बेला उनको उत्साह अझै बढेको हुँदो हो। मुस्कुराउँदै अगाडि बढिन्, “हुनत, म ‘साइन्स ब्याकग्राउन्ड’को मान्छे। अझ भनौं नर्स। तर, मेरो पेशा र शौख नै फरक। सानैदेखि ह्यान्ड राइटिङ राम्रो थियो, क्यालिग्राफिक आर्ट गर्थेँ। त्यो पोष्ट देखेपछि मलाई त्यो आर्ट मण्डलामा ढाल्ने सोच आयो।”

अस्ति भर्खर चैतमा पहिलो चित्र पनि नबनाउँदाको कथा भन्दै थिइन उनी, “पहिले आफूले ट्राइ गर्छु। जानिन भने सिक्छु, जानेँ भने आफैँ गर्छु। मैले त्यस्तै सोचेर पहिलो मण्डला चित्र कोरेको थिएँ। मलाई खासै राम्रो लागेको थिएन। तर सबैले एकदमै राम्रो भनेर प्रतिक्रिया दिए। म त झनै इनकरेज्ड भएँ क्या!”

 

प्रकाशित मिति: : 2020-09-25 21:09:02

प्रतिकृया दिनुहोस्