दशैंको अर्थतन्त्र : धनी रमाउँछन्, मध्यम वर्ग बचतमा लाग्छन् अनि गरिब ?

अनलाइनखबर

काठमाडौँ

अच्युत पुरी

भारतमा कोरोना महामारी बढ्न थालेपछि त्यहाँ मजदुरी गरिरहेका सुदुरपश्चिम र कर्णाली प्रदेशका हजारौं नेपाली अनेक कठिनाइ झेल्दै घर फर्के । अहिले भारतमा महामारी झन बढेको बेला उनीहरु घर छाडेर उतै फर्किरहेका छन् ।

उनीहरुलाई थाहा नभएको हैन– अबको तीन सातामा दशैं घरमै आइपुग्छ, बालबालिकाले बाउ-आमाको साथ खोज्छन्, मिठोमसिनो र एकसरो नयाँ लुगाको आश गर्छन् । विविध कारण टाढा बसेका परिवारका सदश्य भेला भएर खुशी मनाउनु दशैंको मुख्य विशेषता नै हो ।

चरम गरिबीका कारण मुग्लान फर्कन बाध्य नेपालीहरु तीन सातामै घर आउन सक्लान् त ? ‘धेरै गाह्रो छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘उनीहरु महामारीको संकट शुरु भएपछि घर आए, ५–६ महिना बसे, गरिखाने कुनै उपाय नेदेखेपछि उतै फर्किए । गरिब वर्गले सरकारबाट केही पाउने सम्भावना नै देखेन ।’

अर्थात्, यो दशैंमा हजारौं घरमा सन्नाटा छाउनेछ । गरिब नेपालीले दशैंमा पारिवारिक भेटघाट र रमझम हैन, महामारीमा ज्यान पाल्ने जोखिमहरु उठाउनु पर्नेछ । दशैंको मुखमा सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र प्रदेश २ बाट भारत पस्नेको लर्कोले यही कटु यथार्थ बोलिरहेको छ ।
यसपालिको दशैंमा लामो दूरीका सवारीले निकै कम यात्रु पाउनेछन् । जबकी, दशैंमा सबैभन्दा चलायमान हुने लामो दूरीको सार्वजनिक यातायात हो । लामो दूरीका बसहरु कम चलेपछि आठ महिनादेखि चिसिएका राजमार्गका होटलहरुले राहत पाउने छैनन् ।

प्रकाशित मिति: : 2020-09-27 11:17:50

प्रतिकृया दिनुहोस्