अग्रता जाेगाउन नसक्दा फ्रान्कफुर्टसँग होफेनहाइन पराजित

जर्मन बुन्डेसलिगामा अन्तर्गत शनिबार राति भएकाे खेलमा लिगको शीर्षस्थानमा रहेको टीएसजी होफेनहाइन फ्रान्कफुर्टसँग २–१ ले पराजित भएकाे छ।

होफेनहाइनले १–० ले लिएको अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो।

फ्रान्कफुर्टको जितमा डाइची कामदा र बास डोस्टले गोल गरे। होफेनआइनका एन्ड्रेज क्रामारिकले गरेको गोल सान्त्वना बन्यो। 

खेलकाे १८औँ मिनेटमै क्रामारिकले होफेनआइनलाई अग्रता दिलाएका थिए। उनकाे एक मात्रै गाेलले पहिलाे हाफ सकिएकाे थियाे। 

तर, फ्रान्कफुर्टले दाेस्राे हाफमा उत्कृष्ठ कमब्याक गर्‍याे। ५४औँ मिनेटमा कामदाले गाेल गर्दै खेल बराबरीमा ल्याए।

यस्तै डोस्टले ७१औँ मिनेटमा गाेल गर्दै फ्रान्कफुर्टलाई २–१ काे जित दिलाए।

जितपछि फ्रान्कफुटले ३ खेलबाट ७ अंक जोडेको छ। समान खेलबाटै पराजित भएको होफेनहाइनको ६ अंक रहेको छ।

प्रकाशित मिति: : 2020-10-04 06:27:53

प्रतिकृया दिनुहोस्