अग्रता जोगाउन नसक्दा लाजियोसँग बराबरीमा राेकियाे इन्टर

इटालियन सिरी ए अन्तर्गत आइतबार साँझ भएकाे खेलमा इन्टर मिलान  लाजियोसँग बराबरीमा रोकिएको छ।

लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर बराबरीमा १–१ गोलको बराबरीमा रोकिएको हो। 

३०औँ मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए।

तर, खेलको ५५ औँ मिनेटमा मिलिनकोभिच साभिकले गोल गर्दै लाजियोलाई हारबाट जोगाए।

७०औँ मिनेटमा सिरो इमोबाइलले रातो कार्ड पाउँदा लाजियो १० खेलाडीमा समेटिएको थियो।

यस्तै ८७ औं मिनेटमा स्टेफानोस सेन्सीले रातो कार्ड पाएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो।

बराबरीसँगै तेस्रो स्थानको इन्टरले ३ खेलमा ७ अंक जोडेको छ। लाजियोले ३ खेलमा ४ अंक जोडेको छ।

अन्य खेलकाे नतिजा

अर्को खेलमा काग्लियारीलाई ५–२ गोल अन्तरले पराजित गर्दै एटलान्टा शीर्षस्थानमा उक्लिएको छ।

यस्तै बेनेभेन्टोले बोलोग्नालाई १–० ले पराजित गर्दा पर्माले हेलास भेरोनालाई १-० ले नै हराएको छ।

प्रकाशित मिति: : 2020-10-04 22:58:48

प्रतिकृया दिनुहोस्