‘हेपाटाइटिस सी’ भाइरसको खोज गर्ने वैज्ञानिक नोबेल पुरस्कारबाट सम्मानित

सन् २०२० को चिकित्साशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिक हार्वे जे अल्टर, माइकल ह्युटन र चाल्र्स एम राइसले प्राप्त गरेका छन्। 

अल्टर र राइस अमेरिकी वैज्ञानिक हुन् भने ह्युटन बेलायती हुन्। 

यी तीन जना मिलेर हेपाटाइटिस सी भाइरसको खोज गरेका थिए। उनीहरूलाई डाइनामाइटको खोज गर्ने वैज्ञानिक अल्फ्रेड नोबेलको पुण्यतिथिको दिन १० डिसेम्बरमा सम्मान गरिनेछ। 

चिकित्साशास्त्रको नोबेल पुरस्कार विजेताको छनोट स्विडेनको क्यारोलिंस्का इन्सिच्युटको ५ सदस्यीय कमेटीले गर्छ। पुरस्कार स्वरुप उनीहरूले १० लाख स्विडिस क्रोनर प्राप्त गर्नेछन्।
 

प्रकाशित मिति: : 2020-10-06 18:10:40

प्रतिकृया दिनुहोस्