कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अखिल नेपाल फुटबल संघ(एन्फा) को मुख्यालय बन्द गरिएकाे छ।
एन्फाले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीमा संक्रमण देखिएकाले सातदोबाटोस्थित मुख्यालय तीन दिन बन्द रहने जनाएकोहाे।
मुख्यालय ७२ घण्टापछि किटाणूरहित बनाएर खुला गरिने विज्ञप्तिमा उल्लेख छ।
एन्फाले संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका कर्मचारीहरूलाई सात दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेकाे छ।