महंगो बन्दै अमेरिकी चुनाव: १४० हजार करोड खर्च हुने अनुमान

अमेरिकामा चुनाव हुन एक महिनाको समय पनि बाँकी छैन। जुन प्रकारले यसपालि चन्दा संकलन भएको छ, यसले नयाँ मापन तयार पार्देछ। किनभने कोरोना भाइरसको महामारीका बीच पनि अमेरिकी चुनाव यति महंगो भइरहेको छ।

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकामा राष्ट्रपतिको चुनाव ३ नोभेम्बरमा हुदैछ। यस अवधिमा चुनावमा उठेका दलहरूले ८६ हजार करोड खर्च गरिसकेको एउटा अध्ययनले बताएको छ। 

यसपालि राष्ट्रपति चुनावका लागि भएको खर्च अहिलेसम्मकै उच्च हो। सन् २०१६ को चुनावमा कूल ८० हजार करोड खर्च भएको थियो। अध्ययनका अनुसार सन् २०२० को चुनावमा १४० हजार करोड खर्च हुने अनुमान गरिएको छ। 

चुनाव खर्चको अनुसन्धान गर्ने संस्था सेन्ट्रल फर रिस्पोन्सिभ पोलिटिक्स (सीपीआर) का कार्यकारी प्रमुख (सीईओ) सिला क्रुमोलजका अनुसार सन् २०१८ को ‘मिड टर्म्स’ चुनावका लागि अहिलेसम्मकै उच्च धन संकलन भएको थियो। तर, २०२० मा यति धेरै चन्दा संकलन हुन्छ भनेर कसैले सोचेका थिएनन्। 

सीपीआरका सीईओ क्रुमोलज भन्छिन्, ‘हामीले मिड टर्म्स चुनावभन्दा पनि बढी चन्दा संकलन हुन्छ भनेर कल्पना गरेका थिएनौं। चकित परेका छौं।’

अमेरिकामा चुनाव हुन एक महिनाको समय पनि बाँकी छैन। जुन प्रकारले यसपालि चन्दा संकलन भएको छ, यसले नयाँ मापन तयार पार्देछ। किनभने कोरोना भाइरसको महामारीका बीच पनि अमेरिकी चुनाव यति महंगो भइरहेको छ। थुप्रै मतदाता तथा चन्दा दाताले कोरोनाका कारण चन्दा दिएका छैनन्। 

सीपीआरले हालै एउटा विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ–‘डिजिटल विज्ञापनमार्फत उम्मेदवारहरू मतदातासँग जोडिदै गएका छन् र उनीहरू मतदातालाई खर्च गर्न प्रेरित गरिरहेका छन्।’

वेस्लियन मिडिया प्रोजेक्टको एउटा अध्ययनले डिजिटल प्लेटफर्मका लागि सबैभन्दा बढी विज्ञापनमा खर्च डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले गरेका बताएको छ। वाइडेनले सेप्टेम्बरसम्म टेलिभिजन विज्ञापनमा १०९७ करोड रुपैयाँ खर्च गरिसकेका छन्। वाइडेनको तुलनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७८ करोड रुपैयाँ खर्चेका छन्।  

वाइडेनले चुनावी अभियानका लागि फेसबुक र गुगल विज्ञापनमा ३७४ करोड रुपैयाँ खर्चिएको वेस्लियनको अध्ययनले बताएको छ। जुन ट्रम्पले खर्चिएको २६७ करोडभन्दा बढी हो। ट्रम्प डिजिटल विज्ञापनमा यतिबेला कम सक्रिय हुनुको अर्को कारण उनी गत अप्रिलदेखि चुनावी अभियानमा प्रत्यक्ष सक्रिय थिए। उनले चुनावी अभियानको सुरुवात अगस्टदेखि गरिसकेका थिए। हालसम्म डेमोक्रेटिक पार्टीले चुनावमा ५४ प्रतिशत तथा ट्रम्पको रिपब्लिकन पार्टीले ३९ प्रतिशत खर्च गरेको छ। 

चुनावी अभियानमा सक्रिय भएको बेला ट्रम्पलाई दुई साताअघि कोरोना संक्रमण भएको थियो। उनी मेरिल्याण्डको आर्मी अस्पतालमा तीन दिन भर्ना भएर व्हाइट हाउस फर्किएका थिए। कोरोनाको लक्षण नेगेटिभ देखिएको १० दिन सम्म आइसोलेसनमा बस्नु पर्ने अमेरिकी नियमअन्तर्गत ट्रम्प हाल व्हाइट हाउसमा स्वास्थ्य लाभ गरिरहेका छन्। 

उनले १५ अक्टुबरमा हुने दोस्रो चरणको ‘प्रेसिडेन्सिल डिबेट’ मा भाग लिने इच्छा जाहेर गरेका थिए। तर, वाइडेनले उनको कोरोनाको अवस्था स्पस्ट नभएको कारण प्रत्यक्ष डिबेटमा सँगै भाग लिन नसकिने बताएपछि दोस्रो ‘प्रेसिडेन्सियल डिबेट’ रद्द भएको छ। 

वाइडेनले भर्चुअल डिबेटका लागि ट्रम्पलाई आवहान गरेका थिए। तर, ट्रम्पले प्रत्यक्ष डिबेटमा मात्र भाग लिने बताएर वाइडेनको प्रस्ताव अस्विकार गरेका थिए। अध्ययनका अनुसार सन् २०१६ को तुलनामा २ सय डलरभन्दा कम चन्दा दिने मतदाताको संख्या १४ प्रतिशतले बढेको छ। 

२०१६ मा २ सय डलरभन्दा कम चन्दा दिनेको संख्या ८ प्रतिशत थियो। अहिले बढेर २२ प्रतिशत पुगेको छ। यसमा सबैभन्दा बढी वाइडेनले चन्दा संकलन गर्न सफल भएका छन्। उनको चुनावी खातामा कूल ७ सय ५५ करोड रुपैयाँ जम्मा भएको छ। यस्तै ट्रम्पले करिब २ सय करोड रुपैयाँ संकलन गरेका छन्। 

तर, ठूला कम्पनीका सीईओहरूले ट्रम्पलाई ३० करोड रुपैयाँ चन्दा दिएका छन् भने वाइडेनलाई ३० कम्पनीका सीईओले ६ करोड रुपैयाँ मात्र चन्दा उपलब्ध गराएका छन्। 
२०२० मा महिलाहरूबाट मात्र चुनावका लागि करिब २० हजार करोड चन्दा संकलन भएको छ। यो रकम २०१६ मा १५ हजार करोड थियो। 

प्रकाशित मिति: : 2020-10-12 20:00:00

प्रतिकृया दिनुहोस्