ट्रम्पको म्याराथन र्‍यालीः चीनलाई तर्साउँदै, किसानलाई खुसी पार्दे

संजोग आचार्य

न्युयोर्क
अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको कारण आफू नभई चीन भएको आरोप लगाएका छन्। 
अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको कारण आफु नभई चीन भएको आरोप लगाएका छन्। 

अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमणको कारण आफु नभई चीन भएको आरोप लगाएका छन्। 

डेमोक्र्याट उम्मेदवार जो वाइडेनले चुनावी अभियानमा कोरोनाको विषयलाई लिएर ट्रम्पलाई चौतर्फी घेर्ने प्रयास गरिरहेको बेला उनको यस्तो बयान आउनु स्वभाविक पनि थियो। 

अमेरिकी चुनाव ३ नोभेम्बरमा सम्पन्न हुदैछ। आउँदो तीन सातापछि ट्रम्पले दोस्रो कार्यकालको पनि मौका पाउँछन् कि अमेरिकाले नयाँ राष्ट्रपति पाउँछ, यसको टुङ्गो लाग्दैछ। 

चुनाव सम्पन्न हुनेदिन नजिकिँदै जाँदा ट्रम्पले भोट बटुल्न एक पल्ट फेरि चिनियाँ कार्ड खेल्ने प्रयास गरें। कोरोना संक्रमणका कारण तीन दिन अस्पताल बसेका ट्रम्प गत साता व्हाइट हाउस फर्किएका थिए। त्यसयता उनले तीन वटा चुनावी र्‍यालीलाई सम्बोधन गरिसकेका छन्। 

अयोवामा भाषण गर्ने क्रममा ट्रम्पले भने, ‘कोरोना महामारीका लागि चीन जिम्मेवार छ। चीनले चाहेको भए कोरोना भाइरस अन्य देशमा फैलिने थिएन। तर, अहिले संक्रमणले अमेरिका, युरोप र विश्वजगत समस्यामा परेको छ।’

अयोवामा उनलाई सुन्न हजारौंको संख्यामा समर्थक उपस्थित भएका थिए। ट्रम्पले भाषणमा भने, ‘हामी एउटा महामारी अर्थात कोभिड–१९ सँग लडिरहेका छौं। यसलाई सामुहिक रूपमा मिलेर मात्र पराजित गर्न सकिन्छ। हामी गरिरहेका पनि छौं। चीनले चाहेको भए यसलाई आफ्नो देशमा नियन्त्रणमा राख्न सक्थ्यो। तर उसले त्यसो गरेन।’

उनले भाषणकै क्रममा अघिल्लो वर्षसम्म कोरोना नियन्त्रणमा आउने आश्वासन दिँए। आफ्ना प्रतिपक्षी उम्मेदवार जो वाइडेनप्रति आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पले अमेरिकी जनतालाई दुःख दिने चीनलाई बलियो बनाउन वाइडेनले काम गरेको आरोप लगाए। 

उनले भने, ‘वाइडेन उपराष्ट्रपति हुँदा उनले विश्व व्यापार संगठनमा चीनलाई प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यो हाम्रो देशको लागि घातक भयो।’

ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भनेर आलोचना गर्दै आइरहेका छन्। उनले भाषणका क्रममा चिनियाँ भाइरसले अर्थ व्यवस्था चौपट हुँदा पनि आफूहरूले जागिरको सम्भावना खोलेको बताए। ‘अहिले बेरोजगारी समस्यामा आधा जस्तो कटौती भइसकेको छ। ओबामा–वाइडेनको समयभन्दा २३ गुणा बढी जागिरको अवसर बढेको छ,’ उनले दावी गरेका छन्। 

फेरि अमेरिकालाई महान बनाउन नारासहित चुनावी मैदानमा उत्रिँएका ट्रम्पले अयोवामा किसानलाई पनि सम्झिए। अयोवा खेतीको हिसाबले अमेरिकाको मुख्य राज्य मानिन्छ। ट्रम्पले यहाँ थुप्रै किसानले समस्या भोग्नु परेको बताउँदै यसको दोष डेमोक्र्याटमाथि थोपरें। उनले डेमोक्रेटिक पार्टीका कारण किसानको समस्या समाधान नभएको आरोप लगाए। 

भने, ‘धेरै मानिस अपराधमा संलग्न छन्। यसको नतिजा उनीहरूले नराम्ररी भोग्नु पर्नेछ।’ अयोवा ट्रम्पको गढ मानिन्छ। तर, डेमोक्र्याटले यसपालि यो राज्यमा निकै मिहिनेत गरेका छन्। त्यसैले उनीहरूलाई पनि यो राज्यबाट राम्रो मत झर्ने आशा छ। ट्रम्पले अयोवा मात्र नभएर देशभरि छरिएर बसेका किसानहरू आफ्नो कामबाट सन्तुष्ट भएको बताएका छन्। उनले सम्पूर्ण किसानको मत आफूलाई झर्ने पनि आशा व्यक्त गरेका थिए। 

प्रकाशित मिति: : 2020-10-16 12:36:00

प्रतिकृया दिनुहोस्