सयपत्री फूलसँगै फक्रिँदै छ व्यवसायी बन्ने एकल महिलाहरूको सपना

देखापढी

काठमाडौं 

ललितपुर महानगरपालिका सुनाकोठी-२७ का तीन महिलाहरूले जग्गा भाडामा लिएर सयपत्री फूलको खेती सुरू गरेका छन्। सयपत्री फूलको खेती गर्ने तीनमध्ये दुई एकल महिला हुन्।

विश्वव्यापी महामारीका कारण देशमा पूर्ण लकडाउन जारी रहँदा उनीहरू भने रातदिन नभनी फूल खेतीबाट व्यवसायी बन्ने सपना सजाइरहेका थिए।

उनीहरूले यही वर्षको असार महिनादेखि झण्डै १० लाख रूपैयाँको लगानीमा सुनाकोठीमा जग्गा भाडामा लिएर फूल खेती सुरू गरेका छन्। एकल महिलाहरू सबिता महर्जन र प्रेमकुमारी महर्जन तथा स्थानीय महिला बिनु महर्जनले संयुक्तरूपमा खेती सुरू गरेका हुन्।

५ रोपनी जग्गा प्रतिरोपनी वार्षिक ४० हजार रूपैयाँ भाडामा लिएर उनीहरूले एक हजार ८०० वटा सयपत्री फूलका बिरूवा लगाएका छन्।

र, यतिबेला ती फूलका बोटले उत्पादनसमेत दिन थालेको छ। हालसम्म उनीहरूले झण्डै २० हजार रूपैयाँको फूल बेचेका छन्। यसका साथै नजिकिँदै गरेको दसैं तथा तिहारमा राम्रो आम्दानी गर्ने लक्ष्य उनीहरूको छ।

प्रकाशित मिति: : 2020-10-16 12:56:00

प्रतिकृया दिनुहोस्