‘कोरोनाले मलाई जितिसकेको थियो…’

अनलाइनखबर

काठमाडौँ
तस्बिर : अनलाइनखबर

सागर बुढाथोकी

होसमा आउँदा उनका वरिपरि डाक्टर र नर्सहरु थिए । उनले आफूलाई वीर अस्पतालकै बेडमा पाए । बेस्सरी टाउको दुखिरहेको थियो । के भइरहेको हो, खुट्याउन सकिरहेका थिएनन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसिएट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरे कोरोना संक्रमित हुनु अगाडिको अवस्था हो ।

साउनको दोस्रो साता 

भर्खरै पहिलो चरणको लकडाउन खुलेको थियो । वीरमा बिरामीको चाप बढ्दै थियो । कोरोनाको ‘हटस्पट’ वीरगञ्जदेखि सर्लाहीसम्मका बिरामी आइरहेका थिए ।

डा. गैरे आकस्मिक कक्ष, ओपीडी र आइसोलेसन वार्डको ‘राउण्ड’ लगाउँथे । दैनिक १४–१५ जना बिरामी हेरिरहेका उनले लकडाउन खुलेपछि त्यसको दोब्बर बिरामी हेर्नु परेको थियो ।

प्रकाशित मिति: : 2020-10-23 20:00:00

प्रतिकृया दिनुहोस्