कहिले मनाउने कोजाग्रत पूर्णिमा?

देखापढी

काठमाडौँ
फाइल तस्बिर

आभास धरानन्द राजोपाध्याय

आश्विन महिनाको पूर्णिमा यस वर्ष भोलि शनिबार परेको छ। भोलि बिहान ६:१५ मा सूर्योदय हुँदा चन्द्रमानअनुसार पूर्णिमा तिथि रहने भएकोले सो दिन पूर्णिमा तिथि उल्लेख गरिएको हो। 

तर पूर्णिमा तिथि एक दिनअघि अर्थात् आज शुक्रबार नै लागिसक्छ। आज शुक्रबार बिहान ६:१४ सूर्योदय हुँदा चन्द्रमानअनुसार चतुर्दशी तिथि रहेको छ। तर चतुर्दशी तिथि आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५:२५ सम्म मात्र रहन्छ। त्यसपछि चन्द्रमानअनुसार पूर्णिमा तिथि लाग्छ। 

सरल भाषामा भन्नुपर्दा आज शुक्रबार बेलुकी ५:२५ पछि सुरु हुने पूर्णिमा भोलि शनिबार बेलुकी ७:४३ बजेसम्म रहेको छ। 

अब आऊँ पर्वतर्फ। आश्विन महिनाको शुक्ल पक्ष अर्थात् दुर्गा पक्षको पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनी मनाइन्छ। यसलाई अर्को शब्दमा शरद् पूर्णिमा पनि भनिन्छ। तर शुक्रबार र शनिबार पूर्णिमा तिथि रहँदा कुन दिन कोजाग्रत पूर्णिमा मनाउने त? 

पात्रोहरूमा पूर्णिमा शनिबार देखाइएको छ। त्यसैअनुसार यस आश्विन शुक्ल पूर्णिमासँग सम्बन्धित सबै कृत्यहरू (जस्तै– पूर्णिमाव्रत, कात्तिकस्नान, आकाशदीपदानारम्भ, नेवाः परम्पराअनुसार यःसिं मत बिइगु र कतिः पुन्हि) शनिबार नै देखाइएको छ। तर, कोजाग्रत व्रत भनी शुक्रबार देखाइएको छ र शनिबार पूर्णिमाव्रत, कतिपुन्हि देखाइएको छ। 

के भन्छ पञ्चाङ्ग निर्णायक समिति?

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राति पूर्णिमा तिथि भएकै समय महालक्ष्मीको पूजाआराधना गर्नुपर्ने बताउँछन्। यसरी रातभर पूर्णिमा तिथि हुने भनेको आज शुक्रबार नै हो।

यसै कारण महालक्ष्मीको व्रत बस्नेहरूले शुक्रबार यो पर्व मनाउनुपर्ने उनी तर्क गर्छन्। 

 

प्रकाशित मिति: : 2020-10-30 20:14:00

प्रतिकृया दिनुहोस्