जाउ तिमी 

जाउ तिमी 
सम्झने छु म मेरो हाँसोमा 
के लाग्छ तिम्रो खास हो म ?
पल ती पल यो पल
पल पल हर पल
जिन्दगीको अनि यो छल 
सक्छौं जान मेरो यादहरुबाट
समातेको ती हात र एकअर्काको साथहरुबाट 
के लाग्थ्यो तिमिलाई सँगै हुन्थ्यो 
तिमी भाग्यौं 
ती कसमबाट 
सँगैको त्यो रातमा के सोचेको थियौ 
आफ्नैको गालिले त्यति घोचेको थियो ?
ठिक छ तिमी जाउ 
अलि टाढा मेरो यादहरुबाट 
साचेका सपनाको खातहरुबाट
तिम्रो मेरो औलाको कापहरुबाट 
कति सजिलो भयो औँठी उतारिदियौ 
अति सजिलो भयो मेरो हक निचारिदियौ
अब त मेरा कुरा सायज छैनन 
आफ्नै भन्ने ल्याकत सायद छैन !
माफी गरिदिए नमागिकनै 
तिम्रो दिलबाट तिमिले तिम्रो आफ्नोलाई टाढा गरेकोमा 
आफ्नैले गलत हो भन्दा सरक्क पर सरेकोमा 
लाग्थ्यो यो जुनि त तिम्रो हो तिमी मेरो 
भुले मैले सन्सार अनि यो समाज छ यहाँ 
जसले हेर्ने छ तिमी मेरो बिचको फरक
फाटो ल्याउने छ दुई मन बिचमा चरक 
तर 
तर तिमि त बुज्ने थियौ 
केही उपाए त सुझ्ने थियो !
बस अब हेरिरहेछु 
यादहरुले आफ्नै मन बेरिरहेछु

प्रकाशित मिति: : 2020-10-31 11:27:00

प्रतिकृया दिनुहोस्