र्‍यापर भिटेनको ‘पारा’ विवाद : के गीत सिर्जनामा ‘सेन्सरसीप’ आवश्यक छ?

देखापढी

काठमाडौँ
फाइल तस्बिर

कृष्णसिंह धामी

 पछिल्ला दिन र्‍यापर भिटेन उर्फ समिर घिसिङ चर्चामा छन्। उनी चर्चामा आउनुको कारण दुई वटा छन्।
 
पहिलो, उनको नयाँ र्‍याप ‘पारा’को म्यूजिक भिडिओ सार्वजनिक भएलगत्तै युट्युब ट्रेन्डिङको नम्बर एकमा रहन सफल भयो।

दोस्रो, ट्रेन्डिङमा परेको सोही र्‍यापका कारण प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अघि बढायो।

भिटेनलाई कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई पत्रपठायो। त्यसपछि साइबर ब्यूरो २४ वर्षीय भिटेनको खोजीमा छ।

‘पारा’ र्‍यापमा भिटेनले राखेका केही शब्द अश्लिल भएको जनाउँदै प्रहरीले उनलाई कारबाही प्रक्रिया अघि बढाएको हो। भिटेनलाई गत वर्ष पनि उनको र्‍यापकै कारण प्रहरीले पक्राउ गरेको थियो। पक्राउको धेरै आलोचना भएपछि सात दिन थुनामा राख्ने तयारी गरेको प्रहरीले दुई दिनमै उनलाई छोड्न बाध्य भएको थियो।

एक वर्षपछि प्रहरी फेरि भिटेनको खोजीमा छ। कात्तिक ८ गते उनले ‘पारा’को म्यूजिक भिडिओ आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका थिए। सोही र्‍यापका कारण प्रहरीले खोजी गरेपछि उनले कात्तिक १३ गते उक्त भिडिओ आफ्नो युट्युब च्यानलबाट हटाएका छन्। तर, धेरैले उक्त र्‍याप डाउनलोड गरी युट्युबमा राखेका छन्, जुन अहिले पनि हेर्न/सुन्न सकिन्छ।
 
कात्तिक १५ गते एक विज्ञप्ति जारी गर्दै भिटेनले उक्त र्‍यापले कुनै निकायप्रति ठेस पुग्न गएकोप्रति माफी माग्दै ‘संशोधित भर्सन’ ल्याउने घोषणा गरे।

प्रकाशित मिति: : 2020-11-02 12:20:00

प्रतिकृया दिनुहोस्