अमेरिकामा पहिलो पल्ट ‘ट्रान्सजेन्डर’ ले चुनाव जितिन्

अमेरिकामा पहिलो ट्रान्सजेन्डरले ‘स्टेट सिनेटर’ को चुनाव जितेकी छिन्। 

डेमोक्र्याटतर्फ राष्ट्रपतिका उम्मेदवार जो वाइडेनको घरेलु राज्य डेलावेयरकी ट्रान्सजेन्डर सारा म्याक्ब्रिडले ‘स्टेट सिनेटर’ को चुनाव जितेकी हुन्। 

उनी अमेरिकी इतिहासमा पहिलो ट्रान्सजेन्डर हुन्, जसले स्टेटको चुनाव जितेकी हुन्। 

न्युयोर्क टाइम्सका अनुसार गत चुनावमा जसले डेमोक्र्याटलाई मत दिएका थिएनन्, उनीहरूले पनि यसपालि वाइडेन र उनको समूहलाई मतदान गरेका छन्। 

त्यसैले यो नतिजा सम्भव भएको बताइएको छ।

प्रकाशित मिति: : 2020-11-04 20:21:00

प्रतिकृया दिनुहोस्