अब नेटफ्लिक्समा चलचित्र र शो रेकर्ड गर्न नमिल्ने

नेटफ्लिक्सले एक नयाँ फिचरमा थपुने भएकाे छ। याे नेटफ्लिक्स डायरेक्टको रूपमा चिनिनेछ।  

यस सुविधाको साथ प्रयोगकर्ताहरूले वास्तविक समयमा टिभी च्यानलहरू जस्तै चलचित्रहरू र कार्यक्रमहरूको मजा लिन सक्ने छन्। 

यो पुरानो टिभी हेर्ने ढाँचामा आधारित हुनेछ। जहाँ फिल्म र टिभी कार्यक्रमहरू आफ्नै हिसाबले चल्ने छ।

 नेटफ्लिक्स प्रयोगकर्ताहरूले आफ्नै चलतचित्रहरू र शोहरू छनाेट गर्न सक्नेछैनन्, न चलचित्रहरू वा शोहरू रेकर्ड गर्न वा रोक्न सकिन्छ।

नेटफ्लिक्स डायरेक्ट केबल टिभी च्यानल जस्तो हुनेछ। यदि तपाईं नेटफ्लिक्स लाइब्रेरीबाट कुनै सामग्री छनाेट गरेर टिभी वा वेब कार्यक्रमहरू हेर्नको मूडमा हुनुहुन्न भने तपाईंसँग नेटफ्लिक्स डायरेक्ट एक विकल्पको रूपमा उपलब्ध हुनेछ।

यदि प्रयोगकर्ता टिभी हेर्न चाहन्छ र आफ्नै हिसाबले कार्यक्रम हेर्न चाहन्छ भने यने सुविधा सिधैँ बन्द गर्नुपर्दछ।

प्रयोगकर्ताहरूले नेटफ्लिक्स डायरेक्टको लागि छुट्टै सदस्यता लिनुपर्दैन। प्रयोगकर्ताहरू जोसँग पहिले नै नेटफ्लिक्सको लागि लगइन पासवर्ड छ उसले नेटफ्लिक्स डायरेक्ट सेवाको मजा लिन सक्नेछन्। 

यो सेवाको मजा लिन प्रयोगकर्ताहरूले आफ्नो स्मार्ट टिभीमा इन्स्टल गर्नुपर्नेछ। यो वेब आधारित सेवा हुनेछ।
 

प्रकाशित मिति: : 2020-11-08 12:42:00

प्रतिकृया दिनुहोस्