३७ वर्षअघि बिल गेट्सको सोच, अहिले घरघरको अभिन्न अंग

आज विश्वमा तीन चौथाई अर्थात ७७ प्रतिशतभन्दा बढी ल्यापटप र पर्सनल कम्प्युटर माइक्रोसफ्टको विन्डोज निर्मित छ। यसमा पनि हरेक दिन नयाँ–नयाँ एप्लिकेसन र क्षमता बढ्दै गएको हार्डवेयरको अपग्रेडले माइक्रोसफ्टलाई विश्वको नम्बर एक कम्प्युटर कम्पनीको रूपमा स्थापित गरेको छ। 

माइक्रोसफ्टको स्थापना आजकै दिन अर्थात १० नोभेम्बर १९८३ मा भएको थियो। कम्पनीका संस्थापक बिल गेट्सले २८ वर्षको उमेरमा विन्डोजलाई बजारमा ल्याएका थिए। 

३७ वर्षको दौरान विन्डोज हरेक परिवारको अभिन्न अंग बन्न सफल भएको छ। कुनै बेला यो कल्पनाको विषय थियो। माइक्रोसफ्टका संस्थापक गेट्सले न्युयोर्क शहरको गन्यमान्यहरूको अगाडि आजकै दिन एउटा इभेन्टको आयोजना गरेका थिए। जसमा मुख्य आकर्षण अपरेटिङ सिस्टम थियो, जुन साधारण तथा इन्टयुटिभ ग्राफिकल युजर इन्टरफेसले जोडिएको थियो। 

त्यतिबेला कमाण्ड–बेस्ड एमएस डस मा मात्र कम्प्युटरको काम हुन्थ्यो। विन्डोजमा ड्रपडाउन मेनु, टाइल्ड विन्डोज, माउस सपोर्ट र केही एप्ससँगै मल्टिटास्किङ पनि सम्भव थियो। यो पहिलो अपरेटिङ सिस्टम थियो, जसलाई चलाउन ट्रेनिङ आवश्यक थियो। 

विन्डोजको नामाकरण गेट्सका इन्टरफेस मेनेजर रोल्याण्ड हेसनले गरेका थिए। 
गेट्सले विन्डोज १.० सार्वजनिक गर्दा भनेका थिए, ‘यसले विन्डोज युजर्सलाई अभूतपूर्व सहयोग गर्नेछ। केही वर्षभित्र यसले हार्डवेयर र सफ्टवेयर डेभलप्मेन्टको भूमिका तय गर्नेछ।’

यद्यपि विन्डोज १.० सर्वसाधारणका लागि बजारमा उपलब्ध हुन दुई वर्ष लाग्यो। यसपछि यसले कम्प्युटरको दुनियामा क्रान्ति ल्यायो। 

विन्डोजको २.० भर्सन १९८७, विन्डोजको ३.० १९९०, विन्डोजको ३.१ १९९२, विन्डोज ९५ १९९५, विन्डोज ९८ १९९८, विन्डोज २००० २०००, विन्डोज एक्सपी २००१, विन्डोज विस्टा २००७, विन्डोज ७ २००९, विन्डोज ८ २०१२, विन्डोज १० २०१५ मा सार्वजनिक भएको थियो। 

बिल गेट्स आज संसारको धनी व्यक्ति हुनुमा विन्डोजको सबैभन्दा ठूलो भूमिका छ।

प्रकाशित मिति: : 2020-11-10 11:27:00

प्रतिकृया दिनुहोस्