टाउकोको सफल सल्यक्रियापछि म्याराडोना घर फर्किए

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोना टाउकोको सफल सल्यक्रियापछि बुधबार घर फर्किएका छन्। 

गत अक्टुबर ३० मा ६० वर्षमा प्रवेश गरेका म्याराडोनाको गत साता ब्रेनमा रगत जमेको थियो। 

सल्यक्रियाका लागि उनलाई अर्जेन्टिनाको राजधानी ब्युनोस आयर्सस्थित ओलिभोस क्लिनिकमा भर्ना गरिएको थियो। 

सन् १९८६ को विश्व कप आफ्नो एकल प्रयासले अर्जेन्टिनालाई दिलाएका म्याराडोनाको कप्तानीमा पुनः यो देश १९९० मा फाइनल पुगेको थियो। 

उनले १९८६ मा इंग्ल्याण्डविरूद्ध हातले हानेको गोल ‘ह्याण्ड अफ गड’ तथा ६ विपक्षीलाई छलाएर गरेको गोल ‘सेन्चुरीको उत्कृष्ट गोल’ निकै चर्चामा छ।

प्रकाशित मिति: : 2020-11-12 17:17:00

प्रतिकृया दिनुहोस्