प्रमुख प्रशिक्षक र म्यानेजरको अन्तर्वार्ता क्यानले तिहार अघि गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल क्रिकेट संघ (क्यान)ले प्रमुख प्रशिक्षक र म्यानेजरको अन्तर्वार्ता तिहार अघि नै गर्ने निर्णय गरेको छ।

अनलाइनमार्फत  शुक्रबार बसेको बैठक बोर्ड बैठकले दुई मुख्य पदको अन्तर्वार्ता तिहारअघि र बाँकी पदहरुको लागि तिहारपछि गर्ने निर्णय गरेको हो।

क्यानले मुख्य प्रशिक्षक क्रिकेट म्यानेजर वित्त म्यानेजर र सातै प्रदेशका प्रशिक्षकलगायत पदमा आवेदन आह्वाहन गरेको थियो।

यस्तै क्यानले आगामी मंसिर ३ गते बस्ने क्यानको वार्षिक साधारण सभाको एजेन्डा पनि तय गरिएको छ। 

जसमा वार्षिक लेखापरीक्षण, २०२१ को बजेट तथा कार्यक्रम, रणनैतिक योजना निर्माण, जिल्ला तथा प्रादेशिक संघहरुको कार्यविधि निर्माण, पदाधिकारी एवं कर्मचारीको आचार संहिता, एन्टी करप्सन, एन्टी डोपिङ र इथिक्स पोलिसी निर्माणलगायतको एजेण्डा तय गरिएको क्यानले  जनाएको छ।

यस्तै क्यानको आर्थिक नियमावलीमा पनि छलफल गरिएको क्यानले जनाएको छ र त्यसबारे थप छलफल गर्दै अर्को बोर्ड बैठकबाट पारित गर्ने निर्णय गरिएको छ।

नेपाल क्रिकेट एम्पायर तथा स्कोरर सघ ले प्रस्ताव गरेको विधानलाई  बैठकले नेपाल क्रिकेट संघ मातहत रहनेगरी मान्यता प्रदान गरेको छ।

यसैगरी प्रस्तावित नेपाल प्रिमियर लिग (एनपीएल) को ड्राफ्टमा छलफल गर्दै आगामी वार्षिक साधारण सभामा समेत एजेन्डाको रुपमा लगिने निर्णय गरिएको छ।

प्रकाशित मिति: : 2020-11-13 15:39:00

प्रतिकृया दिनुहोस्