‘गोल्डम्यान’ बप्पी ६८ वर्षमा प्रवेश

भारतका चर्चित संगीतकार बप्पी लहरी आज ६८ वर्षमा प्रवेश गरेका छन्। शरीरभरि सुनको आभूषण लगाउने कारण उनको छवी भारतीय संगीतमा अर्के छ। उनी २७ नोभेम्बरमा जन्मिएका थिए। 

बप्पीले आफ्नो पुरानो अन्तर्वार्तामा घाँटी, औंला र नाडीमा मोटो सुनको सिक्री लगाउने प्रेरणा अमेरिकी रक स्टार एल्भिस प्रेसलीबाट पाएको बताएका छन्। 

उनी प्रेसलीका ठूला प्रशंसक हुन्। एल्भिस सांगेतिक कार्यक्रममा सुनको चेन लगाएर स्टेजमा उत्रिन्थे। 

बप्पी एल्भिसलाई हेर्दै ठूला भएका हुन्। उनी भारतमा ‘गोल्डम्यान’ को रूपमा चिनिन्छन्। बप्पी सुनलाई आफ्नो ‘लक्की चार्म’ मान्छन्। 

डिस्को डान्स गीतबाट निकै चर्चा बटुलेका बप्पीले २०१४ मा लोकसभाको चुनाव पनि लडेका थिए। यतिबेला उनले आफ्नो कूल सम्पत्तिको रूपमा सुन ७५२ ग्राम तथा चाँदी ४.६२ किलो देखाएका थिए। 

यो विवरण ६ वर्ष अगाडिको थियो। उनको श्रीमती चित्रानी लाहिडीसँग उनीभन्दा बढी सुनको कलेक्सन छ। २०१४ मा बप्पीको श्रीमतीसँग ९६७ ग्राम सुन थियो।

प्रकाशित मिति: : 2020-11-27 22:54:00

प्रतिकृया दिनुहोस्