बायर लेभरकुसेनका विङ्गर लियोन बेलीले आफूले जन्माएको छोरोको नाम लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको नाम जोडेर नराखेको बताएका छन्।
जमैकाका अन्तर्राष्ट्रिय स्ट्राइकर बेलीले भर्खरै जन्मिएको आफ्नो छोराको नाम लिओ क्रिस्टियानो राखेका थिए।
बेलीले लामो समयदेखिको साथी स्टेफानीले गत जुनमा छोरालाई जन्म दिएका थिए। २३ वर्षीय स्ट्राइकरले राखेको छोराको नामलाई लिएर प्रश्न पनि उठेको थियो।
उनले जर्मनीबाट प्रकाशित हुने लोकप्रिय पत्रिका बिल्डलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यो नाम फुटबलसँग सम्बन्धित छैन। यो मेरो नामसँग सम्बन्धित छ। लिओ भनेको लायन हो। म लायन हुँ।’
उनले आफ्नो छोरा शारीरिक तथा मानसिक रूपमा बलियो भएर हुर्किने आशा व्यक्त गरे।
बेली विश्वका दुई चर्चित अनुहार म्यानचेस्ट युनाइटेडका स्ट्राइकर रहिम स्टेरिङ र जमैकाका स्प्रिन्टर उसेन बोल्टका निकै नजिकका साथी हुन्।