‘विप्लव’ समूहको गोली प्रहारबाट मोरङमा एक शिक्षकको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङ-१ बर्खेमा एक शिक्षकको मृत्यु भएको छ। 

हातहतियारसहित आएको समूहले गोली प्रहार गर्दा शिक्षक राजेन्द्र श्रेष्ठको मृत्यु भएको हो। 

बिहान साढे ७ बजे गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन्। लाशको नजिक समेत जान स्थानीय डराएको बताइको छ। 

सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठको टाउकोमा गोली लागेको छ। 

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विप्लब माओवादीले गोली प्रहार गरेर हत्या गरेको भन्ने सुचना आएको छ।

घटनास्थलमा प्रहरी पुगेपछि थप जानकारी दिने उनले बताए।

प्रकाशित मिति: : 2020-12-08 12:57:00

प्रतिकृया दिनुहोस्