‘छाउ पीडा’ युट्युवमार्फत रिलिज

केसी डान्स सेन्टरको प्रस्तुती तथा नबीन केसी र लुना श्रेष्ठद्वारा निर्मित लघु चलचित्र ‘छाउ पीडा’ युट्युवमार्फत रिलिज भएको छ।

अभिनेता सरोज खनालले कथा, पटकथा, संम्वाद तथा निर्देशनको जिम्मा लिएको यो चलचित्र कबि नवराज पराजुलीको कवितामा आधारित छ।

महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया महिनावारीको पीडामा आधारित यो चलचित्रमा रीमा केसी, रुबिना श्रेष्ठ तथा बाल कलाकारहरु ऋचा ढकाल, आयुशा ढकाल, रोमा भण्डारी, रीया श्रेष्ठ, अङ्किता कोइराला र दिप्ती अधिकारीले अभिनय गरेका छन्।

 करिब १५ मिनेट लामो यो चलचित्रको छायांकन समीर मानन्धरको रहेको छ। यो चलचित्रलाई सम्पादन  राजीव श्रेष्ठ र बिक्रम सापकोटाले गरेका हुन्।

प्रकाशित मिति: : 2020-12-12 22:14:00

प्रतिकृया दिनुहोस्