ओली र प्रचण्डबीच बालुवाटारमा जारी ‘वान टु वान’ वार्ता सकियाे

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा जारी ‘वान टु वान’ वार्ता सकिएको छ। 

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदमा विपक्षी दलका नेता तथा सभामुखको उपस्थिति बिनै पनि संवैधानिक निकायमा महत्वपूर्ण नियुक्तिका लागि सफारिस गर्न सक्ने अधिकार प्राप्त गर्ने अध्यादेश जारी गराएका थिए।

यसले शक्ति सन्तुलन र लोकतान्त्रिक एवम् संवैधानिक व्यवस्थामाथि गम्भीर प्रहार भएको भन्दै ओली र राष्ट्रपति भण्डारीको सत्ता भित्रै र बाहिरबाट तीव्र आलोचना भइरहेको बेला आज दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको थियो। 

अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ।

आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई फिर्ता लिन निर्देशन दिने जनाइएकाे छ। 

प्रकाशित मिति: : 2020-12-16 13:29:00

प्रतिकृया दिनुहोस्