लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

बिएल संवाददाता

काठमाडाै‌ं

लिखु खोला हाइड्रोपावर कम्पनीले शेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । 

कम्पनीको जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको छ । 

जसको जम्मा ६२ लाख ५० हजार कित्ता शेयर प्रति कित्ता १०० अंकित दरले शेयरको मूल्य ६२ करोड ५० लाखको शेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई नियुक्त गरेको हो । 

शेयर प्रत्याभूति कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक  रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । 

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट विद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारी गराइएको छ ।

प्रकाशित मिति: : 2020-12-16 14:54:00

प्रतिकृया दिनुहोस्