पाकिस्तानविरुद्ध न्युजिल्यान्डकाे सहज जित

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानविरुद्ध पहिलो टि२० प्रतियोगितमा न्युजिल्यान्डले ५ विकेटको सहज जित हात पारेको छ। 

शुक्रबार भएको पहिलो खेलमा ५ विकेटको जित निकाल्दै न्युजिल्यान्डले तीन टि२० खेलको सिरिजमा १–० को अग्रता लिएको हो।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८।५ ओभरमा ५ विकेट गुमाउँदै  पूरा गर्यो। 

न्युजिल्यान्डको जितमा सिफर्टले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए। 

यता मार्क च्यापम्यान ३४, ग्लेन फिलिप्स २३, जेम्स निसम १५ र कप्तान मिचेल सान्टनरले १२ रनको योगदान दिए। 

अन्यले भने दोहोरो अंक छुन सकेनन्। 

पाकिस्तानका लागि हरिस रौफले ३ विकेट लिए। उनले ४ ओभरमा बलिङ गर्दै २९ रन खर्चेका थिए। यस्तै शाहिन अफ्रिदीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

त्यसअघि इडेन पार्क अकल्यान्डमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो। 

पाकिस्तानका कप्तान सादब खानले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३२ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए। 

यता फहिम अशराफले ३१ रनको योगदान दिए। 

मोहम्मद रिजवान १७, खुसदिल शाह १६, इमाद वासिम १९ र शाहिन अफ्रिदीले १० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।

न्युजिल्यान्डका लागि डेब्यु गरेका ज्याकोब डुफीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। 

स्कर्ट कुग्लेजाइनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। 

प्रकाशित मिति: : 2020-12-18 17:00:00

प्रतिकृया दिनुहोस्