वाइडेनकाे शपथग्रहणकाे पूर्वसन्ध्यामा उत्तर कोरियाले सार्वजनिक गर्‍यो नयाँ मिसाइल

बिएल संवाददाता

काठमाडाै‌ं

उत्तर कोरियाले आफ्नो नयाँ किसिमको क्षेप्यास्त्र सार्वजनिक गरेको छ। राजनीतिक भेलाको अन्त्यका अवसरमा बिहीबार राती सर्वोच्च नेता किम उन जोङ उपस्थित भव्य समारोहमा सैनिकहरुले परेडसहित नयाँ ब्यालेस्टिक मिसाइल्स प्रदर्शन गरेको हाे।

उक्त क्षेप्यास्त्र पनडुब्बीबाट प्रहार गर्न समेत मिल्ने जनाइएकाे छ। यसलाई विश्वको सबैभन्दा शक्तिशाली हतियार मानिएकाे छ।

बिहीबार प्रदर्शन गरिएको सैन्य परेडमा उत्तर कोरियाको केही मिसाइलहरु प्रदर्शन गरेको हो। 

‘विश्वकै सर्वाधिक शक्तिशाली हतियार, सवमारिन–लन्च ब्यालेस्टिक मिसाइल्सहरु एकपछि अर्को गर्दै स्क्वायरमा प्रवेश गरे, क्रान्तिकारी सैन्य दस्ताको शक्तिलाई यसले प्रदर्शन गरिरह्यो,’ केसिएनएले जनाएको छ। 

केसिएनएले सार्वजनिक गरेको तस्वीरअनुसार उत्तर कोरियाले कम्तीमा चारओटा ठूला सेतो र कालो रङ्गका मिसाइलहरु प्रदर्शन गरेको छ।  

केसिएनएले सार्वजनिक गरेका तस्विरहरुमा एसएलबिएमलाई पुकगुकसोङ–५ लेबल गरिएको देखिएको थियो, गत अक्टूबरमा सार्वजनिक गरिएको पुकगुकसोङ–४ लाई रुपमा अपग्रेड गरिएजस्तो यसले देखायो। ‘नयाँ मिसाइल लामो देखिन्छ,’ अमेरिकाको क्यालिफोर्नियास्थित जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफिरेशन स्टडिज (सीएनएस) का अनुसन्धानकर्ता माइकल डुइट्सम्यानले ट्वीटमा लेखेका छन्। 

केसिएनएका अनुसार शक्तिशाली क्षमताका रकेट पनि यस समारोहमा प्रदर्शन गरिएको थियो।  कार्निजी इन्डाउनमेन्ट फर इन्टरनेशनल पिसअन्तर्गत आणविक नीति कार्यक्रमका सिनियर फेलो अंकित पाण्डेले यस परेडमा यसअघि कहिल्यै नदेखिएको छोटो–दूरीको ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन भएको बताए। 

विश्लेषकहरुले पनि उत्तर कोरियाले अहिले सार्वजनिक गरेका मिसाइलहरु यसअघि सार्वजनिक नभएका मिसाइल रहेको बताएका छन्। 
 
प्योङयाङमा यसैसाता आयोजित भेलाका क्रममा आर्थिक विकास गर्नका लागि अघि सारिएका योजनाहरु पूरा गर्न अस्वीकार भएको स्वीकारोक्ती सर्वोच्च नेता किम उन जोङले गरेका थिए। यद्यपी, उनले देशको सैन्य क्षमता भने बढाउने वाचा गरेका थिए।  कालो लेदर ज्याकेट, पञ्जा र कालो टोपी लगाएका उपस्थित भएका किमले मुस्कानसहित परेडलाई अभिवादन गरे। 

अमेरिकामा जो वाइडनले राष्ट्रपतिको शपथ लिन केही दिन मात्र बाँकी रहेको समयमा उत्तर कोरियाले आफ्नो सैन्य प्रदर्शन गरेको हो।

उत्तर कोरियाले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रु मान्दै आएको छ। 

सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो। उक्त सम्मेलनपछि उत्तर कोरियाले आफ्नो न्युक्लियर कार्यक्रम रोकेको बताए पनि त्यसपछि पुनः अमेरिकासँगको उत्तर कोरियाको सम्बन्ध चिसिँदै गएको थियो।

प्रकाशित मिति: : 2021-01-15 12:52:00

प्रतिकृया दिनुहोस्