हुवाइले ल्यायाे १९ हजार मै स्मार्टफोन

हुवाइले विभिन्न मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।

कम्पनीले प्रिमियम फोनमा जडान गरिएका फिचर सहित उत्कृष्ट स्मार्टफोन ‘हुवाइ वाइ–सेभेन प्रो २०१९’ नेपाली बजारमा ल्याएको छ। ३ जिबी र्‍याम ६४ जिबी स्टोरेज छ।

फोनको सुरक्षाको लागि कम्पनीले यसमा फिङ्गर प्रिन्ट जडान गरिएको कम्पनीले जानकारी दिएको छ।

‘वाइ सेभेन प्रो २०१९’मा  ६‍.२६ इन्च डियूड्रप डिस्प्ले छ। १३ र २ मेगापिक्सलकाे ब्याक क्यामरा छ। यसमा १६ मेगापिक्सलकाे फ्रन्ट क्यामरा छ। 

१३ मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको डेप्थ गरी पछाडि दुई वटा क्यामरा छ। सेल्फीका लागि कम्पनीले १६ मेगापिक्सलको सेन्सर लेन्स राखेको छ।

 अक्टाकोर प्रोसेसर १.८ गिगाहर्ज प्रोसेसर छ। फोनमा जडान गरिएको ४ हजार एमएएच ब्याट्रीले दुई दिनसम्म चल्ने कम्पनीले जनाएको छ।

 याे फाेन नीलो –ओरोरा ब्लू, कालो मिडनाइट ब्ल्याक र रातो कोरल रेडमा उपलब्ध छ। यसकाे र्‍याम ३ जिबी र स्टोरेज ३२ जिबी र ६४ जिबी छ। 

याे फाेनकाे मूल्य १८ हजार ४ सय ९० र २० हजार ४ सय ९० छ। 

यस स्मार्टफोनमा डुलल फोर जी सिम कार्ड राख्न मिल्ने सुविधा छ। 

प्रकाशित मिति: : 2021-01-18 13:25:00

प्रतिकृया दिनुहोस्