यी ५९ एप अव भारतमा खुल्दैनन्

बिएल संवाददाता

काठमाडाै‌ं

भारतले ५९ वटा विभिन्न चिनियाँ एपहरुमाथि स्थायी रूपमा नै प्रतिबन्ध लगाएको छ। भारतले टिकटक, हेलो, वि च्याट, अलिबाबाको यूसी ब्राउजर तथा यूसी न्यूज, सीन, क्लब फ्याक्ट्री, लाइकी, बिगो, लाइभ क्वाई लगाएतका ५९ एपलाई भारमा प्रतिबन्द लगाएको हो।
भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले यी सबै एपहरुलाई स्थायी प्रतिबन्ध लगाएको जनाएको हो। त्यसअघिसम्म यी एपहरुमा अस्थायी प्रतिबन्ध लगाइएको थियो।
मन्त्रालयले सूचना जारी गर्दै यी एपहरुमा लगाइएको अस्थायी प्रतिबन्धको सट्टा स्थायी रूपमै प्रतिबन्ध लगाएको बताएको छ।
चीनसँग सीमानामा भइरहेको झडपहरुपछि भारतले बिभिन्न चिनियाँ एपहरुलाई  भारतमा अस्थायी प्रतिबन्ध लगाएको थियो।
 

प्रकाशित मिति: : 2021-01-26 11:05:00

प्रतिकृया दिनुहोस्