बर्नलेमाथि चेल्सीको दुई गोल

थोमस टुचेलको प्रशिक्षणमा चेल्सीले जित हात पारेको छ। फ्राङ्क लाम्पार्टलाई हटाएर टुचेललाई प्रशिक्षकमा ल्याउने निर्णयसँगै चेल्सी पुनः लयमा देखिन थालेको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा कप्तान सेजार एप्लिक्वेटा र मार्कोस अलन्सोको उत्कृष्ट गोलमा चेल्सीले २–० गोलले बर्नलेलाई पराजित गर्यो।

लामो समयदेखि चेल्सीबाट खेल्दै आएका एप्लिक्वेटाले हड्सन–ओडोईको पासमा ४० मिनेटमा गोल गरेका थिए। यस्तै, अलन्सोले ८४ मिनेटमा क्रिस्टियन पुलिसिकको पासमा अर्को गोल थपेका थिए। टुचेलले चेल्सीको नेतृत्व सम्हालेपछि क्लब सातौं स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2021-02-01 08:51:00

प्रतिकृया दिनुहोस्