शुक्रराज शास्त्रीको ‘सहिद के कलम से’ पुस्तक बेचेर खोलिएको सहिद शुक्र मावि

काठमाडौंप्रेस

काठमाडाै‌ं

 सरिशा अछामी

१६ माघको दिउँसो, टेकुको खरीबोटमा अनौठो दृश्य देखियो । हतियारधारी दुई प्रहरीले एक आम नागरिकलाई त्यहाँ ल्याए । ती आमनागरिकलाई फाँसी दिने तयारी थालियो । फाँसीमा लट्किनुअघि ती आम नागरिकले भाषण दिए । हेर्ने दर्शक स्तब्ध देखिन्थे, मानौँ उनीहरु उही ८० वर्षअघि (१० माघ १९९७) को राणाकालीन दिनमा फर्किएका छन्, जतिबेला राणा शासनविरोधी अभियानमा लागेको अभियोगमा तत्कालीन शासकले शुक्रराज शास्त्रीलाई यही रुखमा झुन्ड्याएका थिए।  

आज देशमा फाँसीकै सजायको व्यवस्था त छैन, तर प्रतिगमन छ भन्दै नागरिक समाजदेखि विभिन्न दल आन्दोलनमा छन् । अहिलेको प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको कुठाराघात अर्थात् प्रतिगमनको रूपमा लिइएको छ । त्यसैले बृहत् नागरिक आन्दोलनको आह्वानमा शुक्रबार (सहिद दिवसको दिन) आयोजित कार्यक्रममा सहिद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको रुखमुनि शिल्पी थिएटरका कलाकारले नाटक देखाए । नाटकको मूल पात्र अर्थात् शुक्रराज शास्त्रीको भूमिकामा थिए, रंगकर्मी घिमिरे युवराज। 

हामी सहिद शुक्रराज शास्त्रीलाई चाहेर पनि भुल्न सक्दैनौँ, कि तानाशाही शासकले हामीलाई शुक्रराज शास्त्री सम्झाउँछ कि इतिहासले । 

प्रकाशित मिति: : 2021-02-07 16:51:00

प्रतिकृया दिनुहोस्