स्पेनमा नेपाली बालबालिकालाई भाषा–संस्कृति सिकाउने गुरुआमा

 ‘के छ खबर ?’

‘अहिले त स्पेनमा पुनः कोभिड बढेको छ । यहाँ मैले भर्खरै नेपाली बालबालिकालाई नेपाली भाषा–संस्कृति पढाउन सुरु गरेकी थिएँ, तत्कालका लागि रोकिएको छ ।’

फेसबुक म्यासेन्जरमा कुरा हुँदा स्पेनमा बस्ने ३९ वर्षीया नितु शाक्यको जवाफ थियो यो । 

उनको जवाफमा एउटा सानो कथा लुकेको आभास भयो, पत्रकारिताले यस्तै कथा खोज्छ । विदेशमा हुर्केका नेपाली बालबालिकाको अधिकार पनि हो, आफ्नो भाषा–संस्कृति र पृष्ठभूमिबारे जानकारी पाउनु 

मान्छेको पहिचान भनेकै आफ्नो वेशभूषा र संस्कृति हो । मानिसको जीवनको लय संस्कृतिमा हुन्छ । ऊ संस्कृतिसँगै हुर्कन्छ, बढ्छ र बाँच्छ । हाम्रो नेपाली समाजमा अधिकांश जाति, समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार छन् । त्यसमाथि राष्ट्रिय चाडपर्व र संस्कृति पनि छन् । 

पछिल्लो समय कतिपय नेपाली अध्ययन, पेसा र रोजगारीका सिलसिला विदेशी भूमिमा पुगेका छन् । तीमध्ये कतिपय उतै परिवारसँग बसेका छन् । उनीहरुका साना बच्चाले नेपाली भाषा–संस्कृति भुल्ने अवस्था छ । यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीले संघ–संस्था स्थापना गरी नेपाली भाषा–संस्कृतिको जर्गेनामा लागेको पनि सुन्नमा आउँछ ।  

प्रकाशित मिति: : 2021-02-08 15:01:00

प्रतिकृया दिनुहोस्