आरती राणा सनराइज बैंकको डेपुटी सीईओमा नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको छ। २०७६ असोजमा ग्लोबल आइएमई बैंकबाट उनी सनराइज बैंक सरेकी थिइन्।  विगत १९ वर्ष देखि बैङ्किङ क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेकी थिइन्।

राणाले बैंकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाइमा पुर्‍याउन लागि पर्ने प्रतिबद्धता जनाएको बैंकले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ।

एसआइबिएम भारतको पुनेबाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेस्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रूपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी हुन्। 

एभरेष्ट बैंकमा पाँच वर्ष सेवा गरेपश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा काम गरेकी छन् । उनले ग्लोबल आइएमई बैंकमा १२ वर्ष काम गरिन् ।

प्रकाशित मिति: : 2021-02-09 14:26:00

प्रतिकृया दिनुहोस्